Breaking News

४ हजार ७ सयले बढेपछि सुनको मूल्य पुग्यो प्रतितोला २ लाख ८३ हजार ८ सय

Banner

काठमाडौँ, असार १४-

नेपाली बजारमा आज (आइतबार) सुनचाँदीकै मूल्य बढेको छ। आज सुनको तोलामा ४ हजार ७ सय रुपैयाँ बढेर २ लाख ८३ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो।

गएको शुक्रबार पनि सुनको भाउ तोलामा आठ सय बढेको थियो। त्यसअघिका तीन दिनमा सुनको १० हजार ४ सय रुपैयाँ घटेको थियो। सुनको भाउ गएको शुक्रबार २ लाख ७९ हजार १ सय रुपैयाँ थियो।

त्यसैगरी आज चाँदीको भाउ पनि तोलामा १ सय ४५ रुपैयाँ बढेर ४ हजार ३ सय २५ रुपैयाँ पुगेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>