स्वास्थ्य
के हो कोरोना भाइरस ? नेपालमा पनि त्रास, चिकित्सकले दिए यसबाट बच्ने उपाय

चितवन, माघ १२
चीनबाट अन्य देशहरुमा पनि फैलिन थालेको कोरोना भाइरस नियन्त्रणका लागि थप स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छ ।
चिकित्सकहरुले रुघाखोकीलाई लाग्नसाथ मेडिकल सेन्टरहरुमा जान नेपाली समुदायलाई आग्रह गरेका छन् ।
कोरोनाका कारण अहिलेसम्म कम्तीमा ४१ जनाको मृत्यु भएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाइएको छ ।
यो नयाँ भाइरसको ‘सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम’ (सार्स) उत्पन्न गर्ने भाइरसकै एउटा प्रकार हो।
कोरोना भाइरस विभिन्न भाइरसको एउटा समूह हो, जो मानिसलगायत स्तनधारी प्राणीको श्वास नलीसँग सम्बन्धित स्वास्थ्य समस्याहरू उत्पन्न गर्न सक्छ।
इलेक्ट्रोन माइक्रोस्कोपमा यो भाइरस क्राउन (मुकुट)को आकारमा देखिने भएकाले यसको नाम कोरोना भाइरस रहेको हो । ल्याटिन भाषामा मुकुटलाई कोरोना भनिन्छ ।
धेरैजसो कोरोना भाइरस हानिकारक नभए पनि यसको सार्स र मर्स उत्पन्न गर्ने प्रकार मनुष्यका लागि खतरानाक मानिन्छ ।
भाइरस सर्पबाट सरेको हो ?
विभिन्न मिडिया रिपोर्टमा नोवल कोरोना भाइरस सर्पबाट मानिसमा सरेको उल्लेख गरिए पनि हालमसम्म यसबारे सही जानकारी आइसकेको छैन ।
डब्लूएचओले यो भाइरस सम्भवतः पशुबाट मानिसमा सरेको भए पनि कुन पशुबाट भन्नेबारे अझै स्पष्ट भइनसकेको जनाएको छ । यो भाइरस सर्पबाट मनुष्यमा सरेको हो कि भन्ने प्रश्नमा डब्लूएचओका विशेषज्ञले अहिलेसम्म यसबारे यथेष्ट प्रमाण नभएको बताएका छन् ।
उपचार
छाती रोग विशेषज्ञका अनुसार यदि सास फेर्न असजिलो, सय डिग्री फरेनहाइटभन्दा बढीको तीव्र ज्वरो, बान्ता, पखालाजस्ता समस्या ४८ घण्टाभन्दा बढी समय देखियो भने तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।
डब्लूएचओका विशेषज्ञहरूका अनुसार जटिल अवस्थाका संक्रमित व्यक्तिलाई श्वासप्रश्वाससम्बन्धी स्याहार र उपचारको आवश्यकता हुुन्छ । जटिल अवस्थामा शरीरका धेरैजसो अंगले काम गर्न छाड्ने अवस्थासमेत आउन सक्ने भएकाले ‘मल्टिपल अर्गेन सपोर्ट’ चाहिन्छ ।
नेपालमा पनि गत सातादेखि उच्च शतर्कता अपनाइएको छ । यही कारण विमानस्थलमा रहेको ‘हेल्प डेस्क’लाई कामकाजी बनाइएको छ । चीनबाट आएका एक नेपाली विद्यार्थीमा यसको लक्षण देखिएपछि शुक्रराज ट्रोपिकल सेन्टरमा लगेर जाँच गराइयो । यसवाहेक चीनबाट आउने अन्य नागरिकलाई पनि प्रारम्भिक जाँच गर्न थालिएको छ ।
वैज्ञानिक नाम ‘२०१९-एन सीओभी’ रहेको ‘नोवल कोरोना भाइरस’ यसअघि विश्वको कुनै पनि भागमा देखिएको थिएन ।
यो भाइरसले संक्रमित भई जटिल अवस्थामा पुगेकाहरूलाई लाक्षणिक उपचार गरिन्छ ।
कति छ क्षमता ?
कोरोनाभाइरस भएको सङ्क्रमित पुष्टि भएको अवस्थामा ती व्यक्तिको बाक्लो हेलमेल भएका व्यक्तिहरूलाई पनि उच्च निगरानीमा राख्न सुझाइएको बताइएको छ ।
चीनमा रहेका नेपालीहरू नेपाल आउने समय भएकाले र सङ्क्रमणको आशङ्का गरिएकाहरूसँग हेलमेल भएकाहरूलाई समेत हेर्नुपर्ने हुँदा नेपालको जनस्वास्थ्यसँग सम्बन्धित पूर्वाधारले त्यसलाई धान्न सक्छ कि सक्दैनन् भन्ने विषय पेचिलो हुँदै गएको बताइएको छ ।
एक्लै राखेर उपचार गर्नका लागि भने हाल १० वटा मात्रै कोठा रहेको अधिकारीहरूको भनाई छ ।
























