कर्पोरेट

भरतपुरको दीपज्योति सहकारीको रजत वर्ष कार्यक्रम

Banner

चितवन, माघ ११-

दीपज्योति अभिवृद्धि बचत तथा ऋण सहकारी संस्थाको २६ औं स्थापना दिवस तथा रजत वर्ष कार्यक्रम शनिबार भरतपुरमा सम्पन्न भएको छ ।

कार्यक्रमको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले उद्घाटन गरेका हुन् ।

सो अवसरमा उनले आफूहरुले यही संस्थाबाट सिकेर सहकारी स्थापना गरेको भन्दै आफूले गुरु संस्थाको रुपमा दीपज्योतिलाई लिएको बताए । दीपज्योतिको प्रगतिप्रति खुसी प्रकट गर्दै कँडेलले एकीकरण र नयाँ सदस्य थप गरी ठूलो संस्थाको रुपमा विकास गर्न सुझाव दिए ।
सरकारले सहकारीलाई उच्च प्राथमिकतामा राखेको भन्दै उनले सहकारी अभियानमा महिलाहरुको भूमिका पनि महत्वपूर्ण रहेको बताए । हाल देशभर रहेका ३५ हजार सहकारी मध्ये चार हजार १०० सहकारीमा महिला मात्रै सदस्य भएको उनले जानकारी दिए ।

कार्यक्रममा नेफ्स्कुनका उपाध्यक्ष शान्ति अधिकारी, प्रदेश बचत तथा ऋण सहकारी संघ लि, वाग्मती प्रदेशका सञ्चालक तेजेन्द्रबहादुर खड्का, जिल्ला बचत तथा ऋण सहकारी संस्था चितवनका अध्यक्ष हरिश्चन्द्र सुवेदी, जिल्ला सहकारी संघ चितवनका सञ्चालक भक्तिराम अधिकारी, अथर्व साकोसका अध्यक्ष विजया लम्साल, समझदारी साकोसका उपाध्यक्ष खेमलाल सुवेदी, मुक्तिनगर टोल विकास संस्थाका अध्यक्ष ओविदत्त पराजुली, संस्थाका संरक्षक डा. टिकानिधि ढकाल, संस्थाका उपाध्यक्ष तुलसीराम आचार्यलगायतले बोलेका थिए ।  संस्थाका अध्यक्ष भोला शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत उमेश पौडेलले संस्थाको गतिविधिका बारेमा जानकारी गराएका थिए । सो अवसरमा प्रमुख अतिथि कँडेलले रजत स्तम्भको अनावरण र संस्थाको भवनलाई दीपज्योति भवन नामाकरण गरेका थिए ।

कार्यक्रमस्थलमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । संस्थाका सहसचिव शिव ढकालको संयोजकत्वमा भएको रक्तदानमा ३६ जनाले रक्तदान गरेका थिए । सोही अवसरमा असल बचत, असल ऋणी, ज्येष्ठ सदस्य, सक्रिय सदस्य, पूर्वसञ्चालक, गत वर्षको एसईई परीक्षामा उच्च अंक ल्याउने सदस्यको परिवार, विद्यावारिधि उपाधि हासिल गर्ने व्यक्ति र कर्मचारीलाई सम्मान गरिएको थियो ।

भरतपुर महानगरपालिका वडा नं. १० मा रहेको अभिबृद्धि र भरतपुर ११ मा रहेको गौरवमय सहकारीसँग एकीकरणपछि दीपज्योति अभिवृद्धि बनेको हो । सहकारीमा हाल तीन हजार ८०० सदस्य रहेका छन् । माघ महिनामा मात्रै झण्डै २०० नयाँ सदस्य थपिएको संस्थाका सचिव नारायणप्रसाद उपाध्यायले जानकारी दिए ।

शनिबार मात्रै कार्यक्रम स्थलमा ७५ जना नयाँ सदस्य थपिएका थिए । विसं २०५१ सालमा स्थापना भएको यस सहकारीको शेयर पूँजी ५ करोड रुपैयाँ रहेको छ भने लगानी ३४ करोड र बचत ३४ करोड ५० लाख रुपैयाँ रहेको छ । संस्थाको कूल पूँजी ४४ करोड रहेको छ ।

भरतपुर महानगरपालिका वडा नं.११ मा मुख्य कार्यालय रहेको सहकारीको भरतपुर र रत्ननगरमा सेवा केन्द्रहरु रहेका छन् । भरतपुर महानगरपालिका वडा नं. १ देखि १२ सम्म, महानगरकै १४, १५, १६ र २९ वडासँगै रत्ननगरको वडा नं. १ देखि १३ सम्म र इच्छाकामनाको वडा नं. ७ सहकारीको कार्यक्षेत्रभित्र रहेको कोषाध्यक्ष नवराज मरहठ्ठाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>