चितवन विशेष
चितवनको भेटघाट रेष्टुरेन्टको अर्काे शाखा हेटौँडामा

चितवन, माघ ५-
‘चितवनको तास’ नामले चर्चित भेटघाट रेष्टुरेन्टको नयाँ शाखा हेटौंडामा पनि सञ्चालनमा आएको छ ।
हेटौडाको चौकी टोलमा ६ कठ्ठा क्षेत्रफलमा रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको भेटघाट रेष्टुरेन्टका सञ्चालक महेश तिवारीले जानकारी दिए । करिब सवा करोडको लगानीमा खुलेको यस शाखामा एक पटकमा १४० जानाले सेवा लिन सक्ने उनले बताए। यस रेष्टुरेन्टमा चाहिने मसला लगाएतका सामाग्री चितवनबाटै जाने हुनाले स्वादमा फरक नपर्ने तिवारीको दाबी छ। ‘हामीले काठमाडौंमा झै हेटौंडामा पनि तास चितवनबाटै मसलामा मोलेर पठाउछौँ। त्यसकारण हाम्रा सबै ठाउँको स्वाद एउटै हुन्छ,’ उनले भने। उनका अनुसार यस रेष्टुरेन्टमा तास, इण्डियन, चाइनिज, नेपाली खानारखाजा लगाएत सबै कुराको व्यवस्था छ। हेटौंडाको यस शाखामा २४ जानाले रोजगारी पाएका छन्। २०४४ सालमा चितवनमा खुलेको यस रेष्टुरेन्ट तास खानाको सुरु गर्ने नेपालकै पहिलो रेष्टुरेन्ट हो ।

























