कर्पोरेट

भ्रमण वर्षमा चितवनको कविलास रिसोर्टको विशेष प्याकेज

Banner

चितवन, माघ २-

नेपाल भ्रमण वर्ष–२०२० का अवसरमा चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको कविलास रिसोर्टले विशेष प्याकेज ल्याएको छ ।
आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा रिसोर्टका अध्यक्ष बाबुराम उपाध्यायले रिसोर्टले २० प्रतिशत छुटसहित विभिन्न प्याकेज ल्याएको बताए ।

उनले भ्रमण वर्ष सफल बनाउन निजी क्षेत्रको पनि भूमिका रहेकाले छुटसहितको प्याकेज घोषणा गरिएको जानकारी दिए । रिसोर्टमा गुणस्तरीय खाना र बस्ने व्यवस्थादेखि मनोरञ्जनका लागि फनपार्क, वाटर पार्क र स्वीमिङ पुल, वनभोजस्थल, धार्मिक कार्यक्रमका लागि सिद्धेश्वर महादेवको मन्दिरसमेत रहेको छ ।

उनका अनुसार भ्रमण वर्षमा रिसोर्टमा आई रात बिताउने पाहुनालाई बिहानको खाजा र पैडी खेल्न निःशुल्क गरिएको छ । रिसोर्टले नै सौराहा, जनकपुर, लुम्बिनी, देवघाट, शास्वतधाम, गणेशस्थान, बीसहजार तालसमेत घुमाउने छ । रिर्सोटमा पारिवारिक रुप्मा बस्न मिल्ने, आफूले पकाएर खान मिल्ने सात पारिवारिक भिल्ला, एकै पटकमा ४० देखि ५० समूहलाई पुग्ने वनभोज, जैविक फार्म हाउसः खेतीपाती, कुखुरापालन, बाख्रापालन, हाँसपालनसमेत रहेका छन् । भ्रमण वर्षका अवसरमा होटल एशोसिएशन नेपाल, नेपाल पर्यटन व्यवसासीले समेत छुट दिँदै आइरहेका छन् । करिब ६० करोड लगानीमा रहेको रिसोर्ट २५ बिघा क्षेत्रफलमा रहेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>