अन्तर्राष्ट्रिय
अष्ट्रेलियामा गोली हानेर पाँच हजार उँट मारियो

एजेन्सी
सिड्नी, माघ १
अष्ट्रेलियामा पाँच हजार भन्दा बढी उँटलाई हेलिकप्टरबाट गोली हानि मारिएको छ ।
ठूलो संख्यामा उँटहरु खाना, पानी खोज्दै भौतिक संरचना भत्काएको र सवारी दुर्घटना समेत बढ्न सक्ने भन्दै सरकारले उँट मारेको हो।
पानी खोज्दै ठूलो संख्यामा उँट आएर घरमा नोक्सानी पुर्याउन थालेपछि आदिवासी समुदायले उँट मार्न माग गरेका थिए।उनीहरूको मागबमोजिम मंगलबारसम्म हेलिकप्टरबाट निशानेबाजले गोली हानेर पाँच हजार बढी उँट मारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
दक्षिण अष्ट्रेलियास्थित अनंगु पिट्जन्तजतजारा यानकुनित्जतजारा ९एपीवाई०मा करिब २३ सय आदिवासी छन्।त्यस क्षेत्रमा उँटसँगै केही छाडा घोडाहरु समेत मारिने बताइएको थियो।
अष्ट्रेलियामा डढेलोका कारण बढेको गर्मी र सुख्खाका कारण पनि उँटहरु शहरमा आएको बताइएको छ।
डढेलोकै कारण त्यहाँ ५० करोड पशुपंक्षी समेत मरिसकेका छन्।

























