चितवन विशेष

भयावह बन्दै सवारी दुर्घटना, न्यूनिकरणमा गम्भीर हुन आवश्यक

Banner

चितवन, पुस २८–

रत्ननगर महोत्सवको अवसर पारेर आज (सोमबार) सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

रत्ननगर उद्योग वाणिज्य संघले आयोजना गरेको दुर्घटना न्यूनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले सवारी साधन दुर्घटना भयावह बन्दै गएको भन्दै न्यूनिकरणका लागि सबै पक्ष गम्भीर हुनुपर्ने औँल्याए । चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसादभट्टराईले चितवनमा सवारी साधन दुर्घटना डरलाग्दो रुपमा रहेको बताए । सडक अतिक्रमण, सडकमा हुने खाल्डाखुल्डी, सवारी साधनको अवस्था, तीव्र गतिमा सवारी साधन चलाउने प्रवृत्तिका कारण पनि सवारी साधनको दुर्घटना बढिरहेको प्रजिअ भट्टराईले बताए ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदीले काठमाडौँ पछि चितवनमा सवारी साधनको चाप बढ्दा दुर्घटना भइरहेको बताए । चितवनको भरतपुर क्षेत्र र पूर्व पश्चिम राजमार्गमा अत्याधिक रुपमा सवारी साधन दुर्घटना भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले बताए । रत्ननगर उद्योग वाणिज्य संघका उपाध्यक्ष एवम् रत्ननगर महोत्सवको तालिम, गोष्ठी तथा सेमीनार समिति संयोजक शंकर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाट र नासा नेपालका प्रतिनिधि गोविन्द भट्टराईले सवारी साधन दुर्घटना अवस्था, न्यूनिकरणको प्रयास र यातायात व्यवस्थापनका बारे सहजीकरण गरेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रत्ननगरका प्रतिनिधि हुतराज पन्त, रत्ननगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>