समाज
आज राति १० बजेर ५२ मिनेटदेखि खण्डग्रास चन्द्रग्रहण
०

काठमाडौँ,पुस २५-
शुक्रबार राति नेपालबाट खण्डग्रास चन्द्रग्रहण देखिनेछ । ग्रहण राति १० बजेर ५२ मिनेटदेखि सुरु भएर ३ बजेसम्म (चार घण्टा आठ मिनेट) रहनेछ । ‘यो चन्द्रग्रहणमा पातलो छाया र खण्डग्रास मात्र देखिनेछ,’ बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माले भने । सन् २०२० मा विश्वका विभिन्न भागबाट दुईवटा सूर्यग्रहण र चारवटा चन्द्रग्रहण देखिनेछ ।
यो ग्रहण नेपाल, भारतलगायत एसिया, अफ्रिका र अस्ट्रेलियाको पूरै क्षेत्र तथा अमेरिकाको उत्तरी क्षेत्रबाट देखिनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























