चितवन विशेष

राप्रपाको अध्यक्षमा चुनाव लड्ने ज्ञानेन्द्र शाहीको घोषणा

Banner

भरतपुर,असार १२-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । चितवनको भरतपुरमा शुक्रबार पार्टी नेता कार्यकर्ताहरु संगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । राप्रपाको महाधिवेशन मंसिर २६, २७ र २८ गते काठमाडौंमा आयोजना हुने निर्णय गरिएको छ ।

शाहीले यसपटक पार्टीमा नेतृत्व परिवर्तन आवश्यक रहेको भन्दै तत्लो तहसम्मै परिवर्तन आवश्यक रहेको बताउनुभयो । नेतृत्व परिवर्तनको अभियानमा सक्रिय हुन कार्यकर्तालाई आह्वान गर्दै शाहीले भन्नुभयो, “यसपटक नेतृत्व परिवर्तन गर्ने हो । जित्यौं भने पार्टी र तपाईंहरूको भविष्य बनाउनेछौं, हार्यौं भने पनि अहिलेसम्म जसरी काम गरिरहेका छौं, त्यसैगरी काम गरिरहनेछौं ।” उहाँले पार्टी भित्रका आन्तरिक विवादहरु म्हाधिवेशन गरेर टुंगो लगाउने बताउनुभयो ।

आफूहरूको लक्ष्य नेतृत्व परिवर्तन मात्र नभई पार्टीको माथिदेखि तलसम्मको संरचनागत परिवर्तन रहेको उहाँले उल्लेख गर्नुभयो । “माथिदेखि तलसम्म सबै सेट चेन्ज गर्नुपर्छ,“ भन्दै उहाँले चितवनबाट अध्यक्षको उम्मेदवारीका लागि अभियान सुरु भएको बताउनुभयो । “कि गर्ने हो, कि मर्ने हो“ नेतृत्व परिवर्तनको एजेण्डाबाट कुनै हालतमा पछि हटिदैन,उहाँले भन्नुभयो । महाधिवेशनमा परिणाम जे आए पनि मेहनत गर्न नछाड्ने उहाँले धारणा राख्नुभयो । उहाँले प्रत्येक निर्वाचनमा ठूला दलको पछि लाग्नुपर्ने बाध्यता अन्त्य गर्नुपर्नेमा जोड दिँदै राप्रपालाई आफ्नै बलमा प्रतिस्पर्धी राजनीतिक शक्तिका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>