अन्तर्राष्ट्रिय

फिनल्याण्डकी ३४ वर्षीय प्रधानमन्त्रीको योजना: कर्मचारीले चार दिन मात्र काम, बाँकी समय परिवारलाई

Banner

फिनल्याण्ड, पुस २२-

फिनल्याण्डमा विश्वकै कान्छी प्रधानमन्त्रीको रुपमा नवनिर्वाचित सन्ना मरिनले कर्मचारीहरुको लागि लचिलो कार्यतालिकाको योजना ल्याएकी छन् ।

३४ वर्षीया प्रधानमन्त्री मरिनले चार दिनको हप्ता र दिनमा ६ घण्टा काम गर्नुपर्ने नयाँ कार्यतालिका अघि सारेकी हुन् । सन्नाले भनेकी छन्, ‘कामदारहरुले आफ्नो परिवारसँग धेरै समय बिताउन् ।’ चारदलीय गठबन्धन सरकारको नेतृत्व गर्दै गत महिना सान्ना प्रधानमन्त्री बनेकी हुन् । उनीसँगै गठबन्धनका चारै दलका नेता महिला छन् । जसमध्ये तीनजना ३५ वर्षमुनिका छन् । सान्नाले भनिन्, ‘जनताहरु आफ्नो परिवार, प्रीयजन, चाहना, संस्कृति लगायत जीवनका अन्य पक्षहरुसँग समय बिताउन योग्य छन् भन्नेमा म विश्वस्त छु ।’

जुन श्रम जीवनमा अर्को स्तर भएको उनको भनाइ छ । प्रधानमन्त्री बन्नुअघि सान्ना फिनिस सरकारको यातायातमन्त्री थिइन् । त्यसबेला उनी कामदारको उपलब्धि बढाउन वर्किङ डे छोट्याउनुपर्ने वकालत गर्थिन् । फिनल्याण्डमा सातामा पाँच दिन काम गर्नु र दिनको आठ घण्टा काम गर्नु सामान्य मानिन्छ । फिनिस नागरिकलाई थोरै काम गर्ने नियम भएमा उपलब्धिपूर्ण हुने प्रधानमन्त्री सान्नाको तर्क रहँदैआएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>