चितवन विशेष

रत्ननगर महोत्सवको तयारी पूरा, ५० करोड बढीको कारोबार हुने अपेक्षा

Banner

चितवन, पुस २२-

पुस २५ गतेबाट सुरु हुने रत्ननगर महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।

सेल्फीका सौखिनहरुकै लागि  रत्ननगर महोत्सव–२०७६ मा आयोजकले सेल्फी डाँडा बनाएका छन् । वन्यजन्तुका आर्कषक चित्रसहित सेल्फी डाँडा बनाइएको महोत्सव मूल समारोह समितिका संयोजक राजाराम रेग्मीले जानकारी दिए ।महोत्सवमा सेल्फी डाडाँसहित जीपलाइन सफारी पञ्चकन्या सामुदायिक वनमा जीप सफारी, हेलिकप्टरमा पर्यटकीय क्षेत्रहरुको अवलोकनलगायतका कार्यक्रम समावेश गरिएको छ ।

महोत्सवको पुस २५ गते उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन पूर्वनेपाल माविको प्राङ्गढबाट विशाल शोभायात्रा निकालिने छ । रत्ननगर महोत्सव–२०७६ मा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउन करिब ५०० वटा स्टल रहने छ । यस पटकको महोत्सवमा पाँच लाख बढी दर्शकहरुले अवलोकन गर्ने र करिब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा र अनुमान गरिएको संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले जानकारी दिए ।

विगतमा जस्तै महोत्सवअन्र्तगत पुुस २९ देखि ४ गते सम्म पाँच दिन रत्ननगरको टाँडी बजारमा मासुको खपत बढाउन, उपभोक्तालाई गुणस्तरीय उत्पादन उपभोगका लागि मासुका विशेष परिकारसहित पोल्ट्री विशेष तेस्रो चिकेन एण्ड एग फुड फेस्टिबल आयोजना गरिएको छ । यस पटकको फेस्टिबलमा पोल्ट्रीजन्य उत्पादनलाई विशेष प्राथमिकतामा राखिएको छ । फेष्टिबलमा कुखुराको मासु र अण्डाका परिकारहरुको प्रर्दशनी गरिने संयोजक ज्ञानबहादुर बिसुरालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>