देश/प्रदेश
अष्ट्रेलियामा नेपाल भ्रमण वर्षको शुभारम्भ
०

सिड्नी पुस २२-
नेपाल भ्रमण वर्ष २०२० को मंगलबार अष्ट्रेलियामा उद्घाटन भएको छ । सिड्नीको सर्कुलर क्यवेबाट भ्रमण वर्षको औपचारिक उद्घाटन गरिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा सिड्नीको सर्कुलर क्युवेमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गरेका हुन्।
कार्यक्रमको सुरुमै सहभागीहरुले डढेलोमा ज्यान गुमाएका अष्ट्रेलियनहरु प्रति सहानुभूती जनाउदै एक मिनेट मौन धारण गरेका थिए ।
त्यस्तै ब्रिजवेनमा पनि भिजिट नेपालको उद्घाटन गरिएको छ । गैरआवासिय नेपाली संघ कुइन्सल्याण्ड र नेपाल पर्यटन बोर्डको सहकार्यमा उद्घाटन गरिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























