देश/प्रदेश

पूर्ण संस्थागत सुत्केरीमा जोड दिँदै नवलपरासीको बर्दघाट नगरपालिका

Banner

नवलपरासी, पुस २२-

घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पूर्ण संस्थागत सुत्केरी घोषणा अभियान कार्यक्रमलाई तीव्रता दिएको छ ।

नेपाल सरकारको संस्थागत सुत्केरी बढाउने नीतिअनुरूप नगरपालिकाले वडा वडा तहबाट घरमै सुत्केरी हुने दर घटाउन अभियानकै रूपमा जोड दिएको हो । नगरपालिकाले वडा नं। ८, ९ र १४ लाई पूर्ण संस्थागत सुत्केरी भएको वडाको रुपमा घोषणा गरिसकेको छ । आगामी दिनमा सबै वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरी नगरपालिकालाई नै पूर्ण संस्थागत सुत्केरी स्थानीय तहको रुपमा घोषणा गर्ने योजना रहेको नगर प्रमुख धीरजशर्मा बस्यालले बताए ।

संस्थागत सुत्केरी अभियानलाई प्रोत्साहन गर्नका नगरपालिकाभित्र सुत्केरी हुने महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा र स्वास्थ्य संस्थामा सुत्केरी भएबापत रु पाँच हजार प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ । बर्दघाट नगरपालिकाभित्र कूल १८ वडा रहेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>