कर्पोरेट

पत्रकार कल्याणकारी कोषमा जस्मिन पेन्ट्सको एक लाख बढी सहयोग

Banner

निशा श्रेष्ठ

चितवन, पुस २०

जस्मिन पेन्टसले आफ्नो २५ आंै वार्षिकोत्सवको अवसरमा पत्रकार महासंघ चितवनलाई आर्थिक सहयोग गरेको छ ।

जस्मिन पेन्ट्सका प्रवन्ध निर्देशक लक्ष्मण अर्यालले पत्रकार महासंघ चितवन कार्यकक्षमा आयोजित कार्यक्रममा एक लाख ११ हजार १११ रुपैयाँ पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडालाई हस्तान्तरण गरेका हुन् । पत्रकार महासंघ चितवनको १५ लाख बराबरको पत्रकार कल्याण कोषका लागि सो रकम हस्तान्त्रण गरिएको निर्देशक अर्यालले बताए । जस्मिन पेन्ट्सले आफ्नो २५ आंै वार्षिक उत्सवमा विभिन्न सामजिक संस्थालाई आर्थिक सहयोग गरेको घोषणा गरेको उनले बताए ।

जसमा महिला बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको आदर्श गृह , स्पाइनल हस्पिटल, डा महावीर पुनको राष्ट्यि अनुसन्धान केन्द्र, मानवसेवा आश्रम काठमाडौं र धुमुर्स सुन्तली फाउन्डेसनलगायत संस्थालाई आर्थिक सहयोगको गरेको उनले जानकारी दिए । आदर्श गृहलाई तीन लाख ११ हजार १११, स्पाइनल हस्पिटललाई पाँच लाख रुपैयाँ, डा महावीर पुन काठमाडौँलाई दुई ५५ हजार ५५५, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई १० लाख रुपैयाँ र मानव सेवा आश्रम काठमाडौँलाई एक लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ । व्यवसाय सँगै सामजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै सामजिक सेवा गर्दै आएको अर्यालले बताए ।

चितवनमा विसं २०५१ साल पुस ६ मा स्थपना भएको जस्मिन पेन्टसको वार्षिक तीन अर्ब बराबरको कारोबार गर्दै आएको उनले जानकारी दिए । जस्मिन पेन्ट्स मनकामना ग्रुपअन्र्तगतको उत्पादन हो । ४०० भन्दा बढी कर्मचारी रहेका ेमनकामना ग्रुपबाट जगदम्बा प्लाष्टिक , सन केमिकल , टाटा केमिकल, टाटा मेटल एण्ड कराप्टस् ,एभोकाडो इन्टरनेसनल ,दरबार फ्ड्स लगाएतकम्पनी सञ्चालनमा रहेका छन । मनकामना ग्रुप नेपाल बेष्ट ब्राण्ड लिडरसिप अवार्ड २०१८, इन्टरनेसनल बिआईडी क्वालिटी एचिभमेन्ट अवार्ड–२०१८ लण्डन जस्ता पुरस्कार जितिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>