देश/प्रदेश

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज उम्मेद्वारी दर्ता

Banner

काठमाडौं, पुस २०–

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज (आइतबार) उम्मेदवारी दर्ता हुँदैछ ।

निर्वाचन आयोगले विहान १० देखि अपराहृन ३ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको जानकारी दिएको छ । राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ९ गते हुँदैछ ।

निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेका जिल्लामा स्थापना गरिएको छ । राष्ट्रियसभामा नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित १ गरी कूल १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ सकिने भएकाले निर्वाचन गर्न लागिएको हो । १८ जना निर्वाचनका माध्यमबाट चयन हुने छन् । एक जनाको भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने छ ।

राष्ट्रियसभा सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>