देश/प्रदेश

बामदेवको शर्तः ‘मलाई प्रधानमन्त्री बनाउने भए मात्रै राष्ट्रियसभामा जान्छु’

Banner

काठमाडौं, पुस १८–

सधैजसो चर्चामा रहने नेता मध्येका एक हुन बामदेव गौतम । कहिले आफ्नै पार्टीलाई गाली गरेर त कहिले लगातार हार व्यहोरेर । नेकपा भित्रको प्रभावशाली नेताको रुपमा रहेका गौतम फेरि एक पटक चर्चामा आएका छनु् ।

उनी चर्चामा आउनुको कारण हो प्रधानमन्त्री पाउनुपर्ने शर्त । आफूलाई प्रधानमन्त्री बनाउन सक्ने गरी संशोधन गर्न माग गरेपछि उनी फेरि चर्चामा आएका छन् । उनलाई पार्टीले राष्ट्रियसभा निर्वाचनमा उम्मेद्वार बन्ने प्रस्ताव गरेको थियो । तर उनले शर्त राख्दै प्रस्ताव अस्विकार गरे । उनको शर्त थियो आफू प्रधानमन्त्री बन्न सक्नेगरी संविधान संशोधन गर्नुपर्ने र तब मात्र राष्ट्रियसभा निर्वाचनको लागि उम्मेद्वार बन्ने । तर उनको शर्त पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तयार भएनन् । जसका कारण उनले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्न अस्वीकार गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राष्ट्रियसभाको निर्वाचनमा गौतमलाई उम्मेदवार बन्न प्रस्ताव गर्दा उनले अस्वीकार गरेको सचिवालयका एक नेताले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>