बजार

चीनबाट एक महिनामै २८ लाख केजी प्याज आयात

Banner

काठमाडौं,पुस १६-

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै चीनबाट आयातित प्याजको हिसा बढेको छ। मंसिर महिनामै मात्रै नेपालले चीनबाट २७ लाख ७४ हजार ७ सय ८५ केजी प्याज आयात गरेको छ। नेपालले साउनदेखि कात्तिकसम्ममा जम्मा चीनबाट ३ लाख ६४ हजार ७ सय ५६ केजी प्याज आयात गरेको थियो। तर, गत असोज १२ गतेदेखि भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा चिनियाँ प्याजको हिसा बढेको छ।

भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै प्याजको मूल्य पनि बढिरहेको छ। हाल नेपाली बजारमा प्याजको मूल्य १ सय ८० रुपैयाँदेखि २ सय रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ। भारतले प्रतिबन्ध लगाउनु अगाडिसम्म नेपाली बजारमा प्याज प्रतिकेजी ३५ देखि ४० रुपैयामा कारोबार भइरहेको छ। प्याज व्यापारीले पनि बजार माग अनुसारको प्याज आयात गर्न सकेका छैनन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>