प्रवास

मलेसियामा बढ्यो नेपाली कामदारको पारिश्रमिक

Banner

चितवन,पुस १६ –

मलेसियामा रहेका नेपाली कामदारको न्युनतम पारिश्रमिक वृद्धि हुने भएको छ। क्वालालम्पुरस्थित नेपाली राजदूतावासका अनुसार जनवरी १ देखि नेपालीसहित सबै मुलुकका कामदारको न्युनतम पारिश्रमिक १ हजार २०० रिंगेट पुगेको समाचार कारोबार दैनिकमा छ। यो भनेको आइतबारको सटही दरअनुसार ३३ हजार ४३२ रुपैयाँ हो।

यसअघि स्थानीय मुद्राअनुसार प्रत्येक कामदारले मासिक न्युनतम एक हजार १०० रिंगेट पाउँदै आएका थिए। मलेसियामा बर्सेनि ४ लाख ५० हजारको हाराहारीमा नेपाली युवा जाने गरेका छन्। बढाइएको तलब सबैलाई लागू हुने दूतावासले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>