चितवन विशेष
जेसीज महाधिवेशनमा आएका युवा चितवनमा मृत भेटिए
०
चितवन, पुस १४–
नेपाल जेसीजको महाधिवेशनमा आएका एक युवा चितवनमा मृत भेटिएका छन् । पूर्वीचितवनको रत्ननगरमा भएको जेसीजको महाधिवेशनमा सहभागि भएका युवा रत्ननगर–९ स्थित मोहना नहर चोक नजिकै रहेको इनारमा मृत भेटिएका हुन् ।
इलाका प्रहरी कार्यालय टाँडीका अनुसार जेसीज महाधिवेशनबाट हराइ रहेका काभ्रेको बनेपा नगरपालिका–७ का २४ वर्षीय कृष्णकुमार मानन्धरको शव हुन सक्ने आशंका गरिएको छ । इनारमा भित्र शव रहेकाले मृतकको अनुहार देखिएको छैन । अहिले शव निकाल्ने प्रयास भइरहेको छ । यही पुस ११ गतेदेखि मानन्धर हराइ रहेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>