देश/प्रदेश

१५ हजार घुससहित जनकपुरबाट प्रहरी सई पंजियार पक्राउ

Banner

जनकपुरधाम, पुस ५-

सेवाग्राहीसँग घूस लिइरहेको अवस्थामा धनुषाबाट एक जना प्रहरी नायव निरीक्षक (सई) पक्राउ परेका छन् । दुर्घटनाको मुद्दा मिलाइदिने भन्दै उनले घुस लिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वर्दिवासको टोलीले प्रहरी चौकी यज्ञभूमिमा कार्यरत सई कालीचरण पंजियारलाई नियन्त्रणमा लिएको हो । मिथिला नगरपालिका ६ ढल्केबरमा सेवाग्राहीसँग रु १५ हजार घूस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनलाई घूस लिइरहँदा रंगेहात समातिएको र थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>