नवलपुर

नवलपुरको बुलिङटारमा निःशुल्क स्वास्थ्य शिविर

Banner

बुलिङटार, मंसिर २५

नवलपुर जिल्लाको पहाडी क्षेत्र बुलिङटार गाउंँपालिका वडा नम्बर ४ अर्खलामा ग्रामीण भेगका बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर गरिएको छ ।

बुलिङटार गाउंँपालिका, गंगा स्वास्थ्य दर्पण फाउण्डेसन नेपाल र स्वास्थ्य दर्पण मिडिया नेटवर्कको संयुक्त आयोजनामा उक्त शिविर भएको हो । शिविरमा हाडजोर्नी तथा नशा, स्पाइनल, छाला, मुटु मृगौला , मधुमेह, फोक्सो, पेटसम्बन्धीको उपचार गरिएको गंगा फाउण्डेसनका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार करिब ३०० जना बिरामीले सेवा लिएका थिए । उक्त शिविरमा हाडजोर्नीका १२० जना, छालाका ८० जना , बांँकी १०० जनाले मृगौला, मुटु फोक्सो, पेट रोगको स्वास्थ्य परीक्षण गराएका थिए ।

सो शिविरमा छालाको क्यान्सर, एलर्जी, लुतो, दाद, जोर्नी खिइएका, पक्षघात, फोक्सो, मधुमेह पेट उच्च रक्तचापका बिरामी बढी देखिएको उपचारमा संलग्न चिकित्सहरुले जानकारी दिए । शिविरमा भरतपुर अस्पतालका वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर शशी हिराचन, वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डाक्टर श्रबणकुमार थापा, वरिष्ठ फिजिसियन डाक्टर प्रमोद पौडेल र फिजियोथेरापिष्ट लाल गोविन्द श्रेष्ठ लगायतले सेवा दिएका थिए । बिरामीका लागि आवश्यक औषधि  देउराली जनता फर्मास्युटिकल्स काठमाडौले सहयोग गरेको थियो ।

सो क्रममा गाउंँपालिकाका स्वास्थ्य संयोजक तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत अशोककुमार श्रेष्ठले यस्ता खाले विशेषज्ञबाट प्रदान गरिने सेवाले गाउंँ र शहरलाई जोड्न पुलको काम गरेको बताए । गाउंँपालिकाका अन्य वडामा क्रमिक रुपमा शिविरको आयोजना गरिने फाउण्डेसनका अध्यक्ष श्रेष्ठको भनाइ छ । अर्खला स्वास्थ्य चौकीका प्रमुख टोकबहादुर सुस्लिङले स्वागत मन्तव्य राखेको कार्यक्रमको गाउंँपालिकाका अध्यक्ष शशी किरण वस्ताकोटीको अध्यक्षतामा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>