खैरहनी

चितवनका उद्योगहरुमा औद्योगिक सुरक्षा स्टिकर टाँस्न सुरु

Banner

चितवन, मंसिर २२-

चितवनको  खैरहनी नगरपालिका उद्योगहरुमा आजबाट औद्योगिक सुरक्षा स्टिकर टाँस्न सुरु भएको छ ।

चितवन उद्योग संघ खैरहनी इकाइ समितिले उद्योगहरुलाई आवश्यक पर्दा सजिलै सुरक्षा सेवा लिन सक्ने गरी चितवनका सुरक्षा निकायका महत्वपूर्ण नम्बरसहितको सुरक्षा स्टिकर टाँस गर्न सुरु गरेको हो ।

चितवन उद्योग संघका उपाध्यक्ष एवम् खैरहनी इकाइ समितिका संयोजक प्रतिभा श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरी खैरहनी–५ मा रहेको खजुरीको नेपाल प्रालि. परिसरबाट सुरक्षा निकायका महत्वपूर्ण नम्बरसहितको औद्योगिक सुरक्षा स्टिकर टाँस गरेर स्टिकर टाँस कार्यक्रमको उद्घाटन गरे । सोही अवसरमा नगर प्रमुख चौधरीले चितवन उद्योग संघ खैरहनी इकाइ समितिको कार्यालयको पनि उद्घाटन गरेका छन् ।

कार्यक्रमअन्तर्गत आज खजुरीको नेपाल प्रालि, यति ब्रुअरी प्रालि, एरोबिक प्रालि, एआई इण्डष्ट्रिज प्रालि, आकृति इन्टरनेशनल प्रालि, एआई मेटल क्राफ्ट, अमुल्य डेरी, खैरहनी पार्टी प्यालेस, कैलाशपति एग्रो, गौरीशंकर कंक्रिट उद्योग, दुर्गालक्ष्मी खाद्य उद्येग, साईबाबा ग्यास उद्योग, चितवन फुड इण्डष्ट्रिज, युगल दाना उद्योगलगायतका उद्योगहरुमा औद्योगिक सुरक्षा स्टिकर टाँस गरिएको थियो ।
चितवन उद्योग संघले स्थानीय तहमा रहेका उद्योगहरुको यथार्थ वस्तुस्थितिको अवस्था पहिचान गर्ने उद्देश्यका साथ तथ्याङ्क अद्यावधिक अभियान–२०७६ को पनि शुभारम्भ गरेको छ ।

कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, निवर्तमान अध्यक्ष भीमबहादुर पाण्डे, वरिष्ठ उपाध्यक्ष राजु पौडेल, उपाध्यक्षहरु त्रिलोचन कँडेल, सूर्यप्रसाद न्यौपाने, प्रतिभा श्रेष्ठ, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, औद्योगिक सुरक्षा गुल्म नं. २३ का सशस्त्र प्रहरी नायव उपरीक्षक विनोद खतिवडा, खैरहनी नगरपालिका वडा नं. २ का वडाअध्यक्ष टिकादत्त इटनी, वडा नं. ४ का वडाअध्यक्ष देवबहादुर बस्नेत, वडा नं. ५ की वडाअध्यक्ष प्रतिमा कार्की बस्नेत, इलाका प्रहरी कार्यालय खैरहनीका सर्ई राजकिशोर यादव, चितवन उद्योग संघका कार्यसमिति सदस्यहरु मदन चिरञ्जीवी पोखरेल, दुर्गाप्रसाद भण्डारी, कार्यसमिति सदस्य एवम् रत्ननगर इकाइ समितिका संयोजक गजेन्द्र अधिकारी, कार्यसमिति सदस्य राशी लामा, गोपालप्रसाद गैरे, चितवन उद्योग संघ खैरहनी इकाइ समितिका निर्देशकहरु, संघका प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट, कार्यालय सहायक सावित्री पौडेललगायत उद्योगीहरुको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>