नवलपुर

नारायणगढ–बुटवल सडक विस्तारको मन्त्री नेम्वाङद्धारा निरीक्षण, समयमै सक्न निर्देशन

Banner

ज्ञानु पंगेनी

नवलपुर, मंसिर २२-

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले राष्ट्रिय विकासका आयोजनाहरु द्रुत गतिमा अगाडि बढाइने बताएका छन् ।
नवलपुरको कावासोतीमा आइतबार नमुना सदरमुकामको स्थलगत निरीक्षणका लागि आएका मन्त्री नेम्वाङले देशभर ठूला राष्ट्रिय आयोजनाको काम सुरु भएकाले ती आयोजनालाई समयमै सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिइसकेको बताए ।

मन्त्री नेम्वाङ गण्डकी प्रदेश र पाँच नम्बर प्रदेशमा सुरु भएका राष्ट्रिय आयोजनाको निरीक्षणमा आज नवलपुर आएका हुन् । मन्त्री नेम्वाङले नारायणगढ –बुटवल सडकखण्ड विस्तार आयोजना, भैरहवा – लुम्बिनी सडकखण्ड विस्तार आयोजनालगायतका आयोजनाको निरीक्षण गरेका हुन् । मन्त्री नेम्वाङले भने, ‘ नारायणगढ–बुटवल सडकखण्ड समयमै सक्ने गरी काम गर्न निर्देशन गरेको छु । यस योजनालाई सरकारले नै विशेष प्राथमिकता दिएको छ । समयमै काम पूरा हुने विश्वास दिलाउन चाहन्छु ।’ सडक आयोजनाको काम समयमै सम्पन्न गर्न र गुणस्तरीय बनाउनका लागि समय समयमा अुगमन गर्ने र सम्बन्धित निकायलाई घच्घच्याउने काम गरिरहने समेत उनले बताए ।

नमुना सदरमुकाम आफ्नो मन्त्रालयभित्र नपरे पनि आफूले यसको विकासका लागि सरकारको तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाए । नवलपुर जिल्ला कान्छो जिल्ला र विकासको सम्भावना बोकेको जिल्ला भएकाले यस जिल्लालाई सरकारले पनि चासोका रुपमा लिएको उनले बताए । नवलपुरका जनताको चाहना अनुसार नै यस जिल्लाको विकास गर्न सरकारको निति तथा कार्यक्रममा नै समावेश गर्ने समेत जीकिर गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>