चितवन विशेष

चितवनमा अटो दुर्घटना अपडेटः मृतक चार जनाको सनाखत (नामसहित)

Banner

चितवन, मंसिर २१–

चितवनको राप्ती नगरपालिका–४ चेपाङ मार्गस्थित भित्री सडकमा शनिबार साझ अटो दुर्घटना हुँदा मृत्यु भएका पाँच जना मध्ये चार जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा पर्वतको कुस्मा नगरपालिका पिपलटार स्थायी घर भइ हाल खैरहनी नगरपालिका–८ बस्ने वर्ष ४९ का श्यामप्रसाद तिवारी, खैरहनी नगरपालिका–९ बस्ने वर्ष ४२ का विश्वमणि भण्डारी, राप्ती नगरपालिका–९ बस्ने वर्ष २५ की मिना खड्का, राप्ती नगरपालिका–९ बस्ने वर्ष ३२ की माया तामाङ रहेका छन् । अर्का एक महिलाको सनाखत भएको छैन । तिवारी, भण्डारी, खड्काको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो भने तामाङ र अर्का एक महिलाको भरतपुर अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । मृतक सबैको शव पोष्टमार्टमका लागि भरतपुर शव गृहमा राखिएको छ ।

प्रहरीका अनुसार अटो चालक खैरहनी नगरपालिका–३ बस्ने वर्ष २६ का मणिराम गिरीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था पनि गम्भिर रहेको छ । चेपाङ मार्गबाट चौकी डाँडातर्फ जाँदै गरेको ना १ ह ६४०९ नम्बरको अटो आफै अनियन्त्रित भइ दुर्घटना भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>