चितवन विशेष

चितवनको राप्तीमा अटो दुर्घटना, पाँच जनाको मृत्यु

Banner

चितवन, मंसिर २१–

चितवनको राप्ती नगरपालिका–४ चेपाङ मार्गमा अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

चेपाङ मार्गस्थित भित्री सडक खण्डमा चेपाङ मार्गबाट चौकी डाँडा तर्फ आउदै गरेको ना१ह ६४०९ नं. को अटो आँफै अनियन्त्रित भई पल्टिदा पाँच जनाले ज्यान गुमाएका हुन् ।

सो दुर्घटनामा परी मृत्यु हुनेमा पर्वतको कुस्मा नगरपालिका पिपलटारी बस्ने ३५ वर्षीय श्यामप्रसाद तिवारी रहेका छन् । अन्य चार जनाको सनाखत हुन सकेको छैन् । सनाखत नहुनेमा तीन जना महिला रहेका छन् । उनीहरु सबैको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा साँझ मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका एक पुरुषको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भिर रहेको चितवन प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>