कर्पोरेट

चितवनमा सनराईजको शाखा रहित बैंकिङ् सेवा सुरु

Banner

चितवन, मंसिर २१–

चितवनमा पहिलो पटक शाखा रहित बैंकिङ् सेवा सञ्चालनमा आएको छ । सनराईज बैंक शाखा कार्यालय भरतपुरको सहयोगमा रत्ननगर नगरपालिका वडा नम्वर १४ पिठूवामा शाखा रहित बैंकिङ् सेवा सुरु गरिएको हो ।

टोलटोलमा बैंकिङ् सेवा पुर्‍याउने उद्धेश्यका साथ सेवा सञ्चालनमा ल्याईएको शाखाका प्रवन्धक अर्जुन अर्यालले जानकारी दिए । यस कार्यालय मार्फत खाता खोल्ने, पैसा जम्मा गर्ने, निकाल्ने, बिल भूक्तानी गर्ने, रिचार्ज गर्ने लगाएतका सेवाहरु प्रदान गरिने छ । पिठूवामा रहेको जनजागृती माध्यामिक विद्यालयको अगाडि सञ्चालन गरिएको शाखा रहितको बैंकिङ् सेवा स्थानीय नारायण कुँवरलाई प्रदान गरिएको हो ।

रत्ननगर नगरपालिकाका वडा नम्वर १४ का वडा अध्यक्ष हरिकुमार श्रेष्ठ प्रमुख अतिथि रहेको सो कार्यक्रममा बैंकका प्रदेश नम्वर तीनका प्रतिनिधि अच्यूतजंग श्रेष्ठले सो सेवाका लागि प्रविधि कुँवरलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष श्रेष्ठले यस सेवाले सरकारको गाउँगाउँमा बैंकिङ् सेवा पुर्‍याउने योजनालाई सहयोग पुगेको बताए । यस क्षेत्रमा शाखा कार्यालयकै आवश्यक रहेको उनको भनाई थियो । सो अवसरमा बैंकको नारायणगढ शाखा, टाँडी शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

स्थापनाको १२ औं वर्ष पार गरेको बैंकको अहिले देशभर १ सय २६ वटा शाखा कार्यालय, १ सय ४९ वटा एटिम सेवा र ४० वटा शाखा रहित बैंकिङ् सेवा रहेका छन् । कार्यक्रम भरतपुर शाखाका प्रमुख अर्जुन अर्यालको अध्यक्षतामा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>