नवलपुर

बालबालिकालाई शैक्षिक सामग्री

Banner

नवलपुर, मंसिर १९–

एचआईभी संक्रमित तथा प्रभावित बालबालिकाहरुलाई शैक्षिक तथा सरसफाईका सामग्री प्रदान गरिएको छ ।

लुम्बिनी प्लस नवलपरासीको समन्वय तथा बर्दघाट नगरपालिकाको सहयोगमा २५ जना संक्रमित तथा प्रभावित बालबालिकालाई शैक्षिक तथा सरसफाईका सामग्री प्रदान गरिएको हो ।

संक्रमित तथा प्रभावित बालबालिकाको शैक्षिक तथा स्वास्थ्य अवस्था सुधारका लागि शैक्षिक तथा सरसफाईका सामाग्रि प्रदान गरिएको लुम्बिनी प्लसकी अध्यक्ष निर्मला पौडेलले बताईन् । नवलपरासी पूर्व र पश्चिमा गरी ३९ जना संक्रमित बालबालिका रहेका छन् ।

प्रभावित बालबालिकाको संख्या भने तीन सयको हाराहारीमा रहेको संस्थाकी अध्यक्ष पौडेलले जानकारी दिईन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>