खेलकुद

सागमा नेपालको ९ स्वर्ण

Banner

काठमाडौं मंसिर १६-

नेपालले १३ औं दक्षिण एसियली खेलकुद (साग)मा अहिलेसम्म नेपालले ९ वटा स्वर्ण जितेको छ । सोमबार नेपालले तेक्वान्दो र कराते खेलमा सानदार प्रदर्शन गरको छ ।

नेपालका लागि भर्खर करातेको कुमुते अन्तर्गत ५५ केजी तौल समूहमा लक्ष्मण तामाङले स्वर्ण पदक जितेका छन् । उनले फाइनलमा बंगलादेशका मोहम्मद मुस्तफालाई १–० ले हराए । यससँगै करातेमा नेपालको चार स्वर्ण पदक जितेको छ । सोमबारनै नेपाले एकल काता पुरुष, टिम काता महिला र पुरुष दुवैमा स्वर्ण पदक जितेको छ । एकल काता महिनामा नेपालले रजत पदक जितेको थियो ।

नेपालका स्वर्ण पदक विजेता

कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

कराते (टिम काता, महिला)

कराते (टिम काता, पुरुष)

कराते ९५५ केजी – लक्ष्मण तामाङ

तेक्वान्दो पुम्से (२३–२९ वर्ष )– कमल श्रेष्ठ

तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

ट्रायथलोन – सोनी गुरुङ

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>