चितवन विशेष

रास्वपा महाधिवेशन : अहिले ७ बजेदेखि प्रतिनिधिलाई कार्ड बाडिँने, भोलि बिहान बन्द सत्र

Banner

चितवन, ८ असार :
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत आज सुरु हुने भनिएको बन्द सत्र भोलिलाई सारिएको छ ।

प्रतिनिधिको विवादलाई लिएर ढिलाइ हुन पुगेको बताइएको छ।

रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजसम्म तीन हजार कार्ड छपाइ भएका छन् । छापिएका कार्डहरू अहिले साँझ ७ बजेबाट बाँड्न सुरु गरिने उनले बताए ।

बाँकी कार्ड भोलि बाँड्ने उनले जानकारी दिए । ‘भोलि बिहानबाट बन्द सत्र सुरु हुन्छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>