क्रिकेट

सन्दीपले साग नखेल्ने, दुबै आँखाको शल्यक्रिया गरियो

Banner

काठमाडौं, मंसिर ९–

नेपाली युवा स्टार क्रिकेटर सन्दीप लामिछानेले घरेलु मैदानमै हुने ३औं दक्षिण एसियाली खेलकुद (साग) नखेल्ने भएका छन् ।

यही मंसिर १५ गतेदेखि हुने सागमा सन्दीप टिममा परे पनि प्रतियोगिता नखेल्ने निर्णय गरेका हुन् । उनले अरु कारण नभइ दुबै आँखाको शल्यक्रिया गरिएकोले प्रतियोगितामा सामेल नहुने बताएका हुन् ।

आँखामा समस्या देखिएपछि उनले डाक्टरहरुको सल्लाहमा आँखाको शल्यक्रिया गरेका हुन् । जसका कारण झण्डै चार साता सन्दीप मैदान बाहिर रहने छन् । आबुधाबीमा आयोजना भएको टी–१० लिगबाट फर्किएको २ दिनपछि उनले शल्यक्रिया गरेका हुन् ।

सन्दीपले सहभागिता जनाउन नसक्ने भएपछि उनको स्थानमा यू–१९ टोलीका कप्तान रोहितकुमार पौडेललाई साग टोलीमा समावेश गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>