चितवन विशेष
रास्वपाको महाधिवेशनमा विभिन्न पार्टीपार्टीको तर्फबाट शुभकामना

काठमाडौं, ७ असार
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको उद्घाटनसत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेता र प्रतिनिधिले शुभकामना दिएका छन् ।
चितवनको भरतपुरमा जारी महाधिवेशनको उद्घाटनसत्रमा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, नेकपा (एमाले) का नेता प्रदीपकुमार ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षामान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले शुभकामना दिनुभयो । साथै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले पनि महाधिवेशनको सफलताको कामना गर्नुभयो ।
नेताहरूले छोटो समयमा रास्वपा राष्ट्रिय राजनीतिको मियो बन्न सफल भएकामा प्रशंसा गर्दै यस प्राप्त जनमतलाई जनअपेक्षा अनुसार पूरा गर्न सक्नुपर्नेमा जोड दिनुभयो । उहाँहरूले वर्तमान सरकारले गरेका राम्रा कामको समर्थन रहने स्पष्ट पार्नुभयो ।
























