देश/प्रदेश
‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती
०

बागमती, ७ असारः
बागमती प्रदेश सरकारले ‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्ने भएको छ ।
सरकारको आव २०८३/८४ को बजेटमा ‘घुमौँ बागमतीः बुझौँ संस्कृति’ अभियानअन्तर्गत ६६ वटै निर्वाचन क्षेत्रमा ‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ को अवधारणा कार्यान्वयन गरिने उल्लेख गरिएको छ ।
सरकारले बागमती प्रदेश पर्यटकीय सर्किट परियोजनालाई प्राथमिकताका साथ अगाडि बढाउने आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताउनुभयो । चितवनलाई बैठक, प्रोत्साहन, सम्मेलन तथा प्रदर्शनी (माइस) पर्यटन केन्द्रका रूपमा विकास गरिने सरकारले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























