गण्डकी

साझा पार्टी उत्कृष्ट विकल्पः रवीन्द्र मिश्र

Banner

चिप्लेढुङ्गा, मंसिर १–

कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा साझा पार्टीले पनि आफ्नो पक्षमा जनमत पार्न चुनावी अभियानलाई तीव्रता दिएको छ । साझा पार्टीका उम्मेदवार रजनी केसीलाई भोट माग्न पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्र पनि मतदाता भेटघाट कार्यक्रममा व्यस्त हुनुभएको छ ।

मतदाता भेट्न आज उम्मेदवार केसीसहित पार्टी संयोजक मिश्र पोखराका विभिन्न टोलका मतदाता माझ पुग्नुभएको हो । घरदैलो पश्चातको कोणसभामा मिश्रले देशले विकल्पको खोजी गरिरहेको र साझा पार्टी नै उत्कृष्ट विकल्प भएको बताउनुभयो । अन्य पार्टीसँग जनता निराश भएको भन्दै यसपालि जनताले साझा पार्टी रोज्ने उहाँको दाबी गर्नुभयो ।

उम्मेदवार रजनी केसीले देश रुपान्तरणका लागि आफू राजनीतिमा आएको बताउनुभयो । उहाँले वर्तमान राजनीतिक परिभाषालाई बदल्ने स्पष्ट पार्नुभयोे । साझा पार्टीले आइतबार पोखरा–२१ को कृष्ति र निर्मलपोखरीमा घरदैलो कार्यक्रम गरेको हो । सोमबार निर्वाचन क्षेत्रअन्तर्गत पर्ने पोखरा–१६ मा घरदैलो कार्यक्रम गरिने पार्टीका कास्की जिल्ला संयोजक अर्जुनप्रसाद खनालले जानकारी दिनुभयो । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>