गण्डकी

कालिगण्डकीमा मोटरसाइकल खस्दा स्कटल्याण्डका पर्यटकको मृत्यु

Banner

मुस्ताङ, मंसिर १

पोखरादेखि मुस्ताङ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा स्कटल्याण्डका एक विदेशी पर्यटकको मृत्यु भएको छ।

म्याग्दी र मुस्ताङको सीमाक्षेत्र तल्लो घाँसा नजिक राष्ट्रिय गौरवको निर्माणाधीन बेनी–जोमसोम सडकबाट कालिगण्डकी नदीमा खस्दा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । एचपि ५८ ए ३८६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको मुस्ताङका प्रहरी प्रवक्ता आशिष अधिकारीले जानकारी दिए । उनका अनुसार पार्सपोर्ट नम्बर ५२५९५८६४ उल्लेख भएको, ६० वर्षीय स्कटल्याण्डका पर्यटक फानीको शनिबार साँझ एयर डाइनेष्टिक हेलीबाट मणिपाल शिक्षण अस्पतालमा ल्याइएको थियो।उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो।

फानीको अनुहार र हातमा गम्भीर चोटपटक लागेको थियो। दुर्घटनाको खबर सुन्ने वित्तिकै प्रहरी चौकी घाँसाको सुरक्षा टोली घटनास्थलमा पुगेर उद्दारकार्यमा खटिएको प्रहरीले जनाएको छ। दुर्घटना भएको स्थान मुस्ताङ सदरमुकाम जोमसोमदेखि ३५ किलोमिटर दक्षिणमा पर्छ।

दुर्घटनामा परी ज्यान गुमाएका स्कटल्याण्डका पर्यटक फानीसहित उनका ८ जना साथीहरु मोटरसाइकलमा मुस्ताङ आउँदै गरेका थिए। उनीहरुको टोलीमा चिकित्सक समेत रहेको जनाइएको छ । दुर्घटनामा परी घाइते फानीलाई उद्दार गरी प्राथमिक उपचार समेत गरिएको थियो । फानीसहितको टोली काठमाडौंको सोसियल ट्राभलको सहयोगमा मुस्ताङ भ्रमणमा आएको प्रहरी श्रोतले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>