मकवानपुर

तीन करोडको लागतमा डिप ट्युबवेल

Banner

हेटौँडा, मंसिर १–

भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्साले रु तीन करोड ५० लाखको लागतमा यस वर्ष १७ वटा डिप ट्युबवेल जडान गरी विभिन्न स्थानमा सिँचाइ सुविधा पुर्‍याएको छ । प्रदेश नं २ सरकारको निःसर्त अनुदान कार्यक्रमअन्तर्गत बारा र पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा उक्त डिप ट्युबवेल निर्माण गरिएको कार्यालयको प्राविधिक शाखाले जनाएको छ ।

कार्यालयका अनुसार बाराका ११ र पर्साका छ स्थानमा डिप ट्युबवेल जडान गरिएको हो । उपभोक्ता समितिमार्फत गरिएको उक्त कार्यबाट ४२५ बिगाहा जमीन सिञ्चित भइरहेको बताइएको छ ।

ती डिप ट्युबवेल पर्साको वीरगञ्ज उपमहानगरपालिका–२, पोखरिया, बगही, निचुटा र धोवनीमा तथा बाराको फेटागाउँ, विश्रामपुर, पचरौता, गञ्जभवानीपुर, स्वर्ण गाउँपालिका, तेलकुवाँ र प्रष्टोकामा निर्माण गरिएको हो । एउटा डिप ट्युबवेलमा करिब रु २० लाख खर्च लाग्ने गरेको कार्यालयले जनाएको छ । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>