समाज

सरकारले भारत र चीनका सबै नाकामा विषादी परीक्षण उपकरण राख्ने

Banner

चितवन,कात्तिक २९-

तरकारी र फलफूलमा विषादी परीक्षण गर्न सबै सीमा नाकामा उच्च प्रविधिका उपकरण राख्न लागिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ। अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपाल र भारत एवम् नेपाल र चीनको सिमानामा गरी १२ वटा नाकामा उपकरण राखिने विभागको भनाइ छ।

सीमामा प्रयोगशाला नहुँदा अहिले टाढाका स्थानमा रहेका कृषि प्रयोगशालामा नमुना लगेर परीक्षणका निम्ति जानु पर्ने बाध्यता रहेको छ। विदेशबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना हुने गरेको छ। हाल भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादीको मात्रा परीक्षणको विषयलाई तत्कालका लागि सम्बोधन गर्ने गरी कृषि प्रयोगशालामा विषादी अवशेषको सामान्य चेकजाँच गरी भित्र्याउने व्यवस्था छ।

यस्तो व्यवस्थाले नमुना लिएर टाढा जानु पर्ने कारण फलफूल र तरकारी छिटो सड्ने वस्तु लामो समयसम्म नाकामै अल्झिने गुनासो व्यवसायीहरूले गर्दै आएका छन्। प्रभावकारी तथा सहज परीक्षणको व्यवस्थाको माग विभिन्न क्षेत्रबाट भइरहेका बेला सरकारले नाकामै विषादी परीक्षणको व्यवस्था गर्न लागेको जनाएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>