Breaking News
छोरी बोकेर महाधिवेशनमा सहभागी हुन चितवनमा प्रधानमन्त्री बालेन
०

चितवन, असार ७-
प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह आजदेखि यहाँ आयोजना हुने पार्टीको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन आइपुग्नु भएको छ । प्रधानमन्त्री बालेन छोरी बोकेर काठमाडौंबाट बुद्ध एयरको जहाजबाट भरतपुर उत्रिएका हुन् । विमानस्थलबाट निस्किँदै गर्दा शाहले छोरी बोकेका थिए । पत्नी सविना काफ्लै पनि सँगै छिन् ।
आज अपराह्न प्रारम्भ हुने महाधिवेशनको पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टीका महामन्त्री भूपदेव शाहले जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























