पत्रपत्रीका बिशेष

फेरि मिर्गौला फेर्ने मनस्थितिमा प्रधानमन्त्री ओली

Banner

काठमाडौं, कार्तिक २९–

बिमारका कारण प्रधानमन्त्री ओलीलाई बाहिर धेरै धपेडी हुने काम नगर्न चिकित्सकहरुले सुझाएका छन् । त्यसैले उनले बालुवाटरबाटै नियमित काममा सक्रियता बढाएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

समाचारमा एक मन्त्रीलाई उल्लेख गर्दै प्रधानमन्त्री फेरि मिर्गौला फेर्ने मनस्थितिमा रहेको उल्लेख छ । प्रत्यारोपणका लागि विदेश जानअघि नै प्रधानमन्त्री ओली पार्टी र सरकारलाई चुस्त बनाउन चाहेको ती मन्त्रीले बताए । उनका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रालय सञ्चालनमा कमजोर कार्यक्षमता देखाएका मन्त्रीलाई बिदाइ, केहीको जिम्मेवारी हेरफेर र नयाँ मन्त्री नियुक्तिको काम तत्काल टुङ्ग्याउन चाहेका छन् ।

१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाको फेरि उपचार गर्नुपर्ने भए पनि ठ्याक्कै यही पद्धति अपनाउने भन्ने टुङ्गो लागिसकेको छैन । मिर्गौला प्रत्यारोपन गर्नुपर्ने भयो भने उनको लामो समय उपचारमा बित्न सक्छ । त्यसैले थप उपचार सुरु गर्नुअघि नै पार्टी र सरकार सञ्चालनका लागि आवश्यक निर्णय गर्ने मनस्थितिमा प्रधानमन्त्री पुगेको स्रोतले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>