समाज

चीनले भन्योः नेपाली भूमि एक इन्चपनि अतिक्रमण गरेका छैनौं

Banner

काठमाडौं,कात्तिक २८-

नेपाल र भारतबीच कालापानी क्षेत्रको सीमा विवाद भइरहेका बेला चीन पनि बोलेको छ । नेपाली भूमि आफूले अतिक्रमण नगरेको प्रष्टीकरण दिएको उसले उसले कालापानीको विवाद भने नेपाल र भारतले आपसी सम्वादबाट सुल्झाउनु पर्नेमा जोड दिएको छ । काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सिओयोलोङले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सदवै सम्मान गर्ने बताए ।

‘केही गैरजिम्मेवार सञ्चार माध्यम र समूहले चीनले पनि नेपाली भूमि अतिक्रमण गरेको दाबी गरेका छन्’ बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता वाङले भने, यो आरोप आधारहीन छ, चीनले एक इन्चपनी भूमि मिचेको छैन ।’सही के र गलत के भन्नेमा मानिसहरु दिग्भ्रमित पार्न यस्तो प्रचार गरिएको उनले बताए ।

नेपाल र चीनले १९६१ मा सीमासन्बन्धी सन्धिमा हस्ताक्षर गरेको र त्यसअनुसार सीमा तय गरिएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>