चितवन विशेष

लायन्स/लियो वैदिकनगरको निःशुल्क मधुमेह स्वास्थ्य शिविर

Banner

चितवन, कार्तिक २८–

विश्व मधुमेह दिवसको अवसरमा लायन्स क्लव अफ वैदिकनगर र लियो क्लव अफ वैदिकनगरले निःशुल्क मधुमेह स्वास्थ्य शिविर तथा परामर्श कार्यक्रम गरेको छ ।

आज (बिहीबार) विहान भरतपुरस्थित लोककल्याणकारिणी बचत तथा ऋण सहकारी संस्थाको परिसरमा आयोजित कार्यक्रममा १२० जनाको निःशुल्क मधुमेह परीक्षण गरिएको कार्यक्रमका संयोजक एवंम लियो क्लव अफ वैदिकनगरका प्रथम उपाध्यक्ष आशिष कँडेलले जानकारी दिए ।

कार्यक्रमको प्रमुख अतिथि भरतपुर वडा नं.४ का अध्यक्ष हरि आचार्य रहेका थिए । कार्यक्रममा वरिष्ठ मुटु रोग विशेषज्ञ डा.शंकर लौडारीले परीक्षण गराउन पुगेकाहरुलाई मधुमेह रोगको लक्षण, लाग्ने कारण र बच्ने उपायका बारेमा परामर्श दिएका थिए ।

लायन्सका एरिया चिफ नारायण सापकोटा, लायन्स क्लव अफ वैदिकनगरका पूर्व अध्यक्ष नारायण कँडेललगायतको उपस्थिति रहेको कार्यक्रम लियो क्लव अफ वैदिकनगरका संस्थापक अध्यक्ष एवंम लियो डिष्ट्रिक्ट ३२५ बी टुका मधुमेह कार्यक्रमका संयोजक विवेक कँडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>