स्वास्थ्य

तिलगंगामा भित्रीयो एक जनाको आँखाको नानीले चार जनालाई दृष्टि दिन सकिने प्रविधि

Banner

काठमाण्डौ कात्तिक २८ –

नेपालमै पहिलोपटक एक व्यक्तिको आँखाको नानीबाट चार जनालाई दृष्टि दिन सकिने प्रविधि भित्रिएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानमा यो प्रविधिबाट अहिलेसम्म १५ जनाको आँखाको नानी ६० जनामा प्रत्यारोपण गरिएको प्रतिष्ठानका आँखा बैंक व्यवस्थापक शंखनारायण त्वायनाले जानकारी दिए ।

यो प्रविधिबाट एक व्यक्तिका दुइटा आँखाले चार जनालाई दृष्टि दिन सकिने उनले भने । यो प्रविधि नआउँदासम्म एक व्यक्तिको आँखा दुई जनामा मात्रै प्रत्यारोपण गर्न सकिन्थ्यो । यो प्रविधिले समस्या भएको भागमा आवश्यक परेको भाग मात्रै प्रत्यारोपण गर्न सकिने व्यवस्थापक त्वायनाले बताए ।

२०५१ सालमा पहिलोपटक नेपालमा नै आँखा नानी निकालेर दुई व्यक्तिमा प्रत्यारोपण गरिएको थियो । यो २५ वर्षमा झण्डै १५ हजार दृष्टिविहीनले दृष्टि पाइसकेका तिलगंगा अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>