कर्पोरेट

पुलचोक सहकारीको सातौं साधारणसभा

Banner

चितवन, कात्तिक २५-

पुलचोक बचत तथा ऋण सहकारी संस्थाको सातौं साधारण सभा आज सम्पन्न भएको छ ।

कार्यक्रममा भरतपुर महानगरका उपप्रमुख पार्वती शाहले सहकारीमा बढेको आकर्षणलाई व्यवस्थित गर्न जरुरी रहेको तर्फ सचेत गराइन् । विभिन्न सहकारीले शेयर सदस्यको रकम लिएर फरार भइरहेको अवस्थामा विश्वसनियता कायम राख्न सक्नुपर्ने जोड दिइन् । कार्यक्रममा निवर्तमान अध्यक्ष सावित्री पौडेल, सल्लाहकार हेमराज पौडेल, सल्लाहकार मित्रराज पण्डितले मन्तव्य राखेका थिए ।

साधारण सभाको अवसरमा सहकारीले आफ्नो संस्थाका उत्कृष्ट बचतकर्ता, मासिक बचतकर्ता, उत्कृष्ट बालबचतकर्ता, ज्येष्ठ नागरिक सम्मान गरेको छ । महिला मात्र सञ्चालक समितिमा रहेको सहकारी संस्थामा हाल ६६० जना शेयर सदस्य छन् । सहकारीमा पुरुष सदस्य समावेश गरिए पनि सञ्चालक समितिमा भने महिला मात्र रहने व्यवस्था गरिएको संस्थाकी संस्थापक अध्यक्ष उषा खरेलले बताइन् ।

महिलाको नेतृत्वमा सञ्चालित सहकारीमा पुरुषहरुलाई पनि सहभागी गराउँदा समावेशिता पनि देखिने भएकोले शेयर सदस्य पुरुष राखेको उनको भनाइ छ । सहकारीमा १४१ जना पुरुष शेयर सदस्य छन् । विसं २०७० सालमा ३३ जना महिलाले १०० रुपैंयाँ संकलन गरी सुरु गरेको सहकारीमा अहिले दुई करोड तीन लाख २९ हजार ५३५ रुपैंयाँ बचत संकलन भइसकेको कोषाध्यक्ष रुमी श्रेष्ठले जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>