चितवन विशेष
चितवनमा ७९ बिघामा लगाइएको गाँजा खेती फडानी
०

चितवन, कात्तिक २५–
चितवनको राप्ती नगरपालिका वडा नं.१२ र १३ मा लगाइएको गाँजा खेती फडानी गरिएको छ । इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको ६० जनाको टोली र सशस्त्र प्रहरी निरीक्षक रामेश्वर श्रेष्ठको कमाण्डमा खटिएको १६ जनाको टोलीले ७९ बिघामा लगाइएको गाँजा खेती नष्ट गरिएको छ ।
प्रहरीले राप्ती नगरपालिका–१२ को ठकुरी भञज्याङमा ८ बिघा, वडा नं.१३ का कालीटार, कालीखोला,मा २५ बिघा, सोही वडाको कालीखोला,धावनगिरीमा १६ बिघा र सोही वडाको च्युदी,तापन, कालीखोला र धावनगिरीमा ३० बिगा जग्गामा लगाएको गाँजा फडानी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवंम प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
चितवन प्रहरीले पछिल्लो समय गाँजा फडानी कार्यलाई तीव्रता दिँदै आइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























