इच्छकामना

सिमलढापमा इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाइ

Banner

सिमलढाप, इच्छाकामना, कात्तिक २४-

चितवनको इच्छाकामना गाउँपालिकाले सावजनिक सुनुवाइ गरेको छ ।

गाउँपालिकाबाट आव २०७५\०७६ र ०७६\०७७ को पहिलो चौमासिकमा प्रवाह गरिएको सेवा सम्बन्धमा गाउँपालिकाले आज सार्वजनिक सुनुवाइ गरेको हो । इच्छाकामना गाउँपालिका–७ सिमलढापमा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकले गाउँपालिकाको विकास निर्माण, कृषि, पशु, स्वास्थ्य, शिक्षालगायत विविध विषयमा केन्द्रित रहेर प्रश्न र गुनासाहरु राखेका थिए । नागरिकका प्रश्नको गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, वडाध्यक्षहरु गोवद्र्धन अधिकारी, बमबहादुर राना तथा गाउँपालिकाका विभागीय प्रमुखहरुले जवाफ दिएका थिए ।

गाउँपालिकाका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रमा उनले सम्बोधन गर्दै गाउँगाउँमा सिंहदरबार भन्ने नारालाई आत्मसाथ गर्दै गाउँपालिकाको सार्वजनिक सुनुवाई वडावडामा गर्ने अभियानका साथ ७ नं. वडामा आयोजना गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताइन् ।  इच्छाकामना गाउँपालिका आयोजक रहेको कार्यक्रमको सहजीकरण इच्छाकामना ब्रोडकाष्टिङ मिडियाले गरेको थियो भने मनकामना एफएम. ९८.७ मेगाहर्जबाट समेत प्रत्यक्ष प्रसारण गरिएको थियो । स्थानीय तहमा जनप्रतिनिधि आएपछि इच्छाकामना गाउँपालिकाले यो दोस्रो पटक सार्वजनिक सुनुवाइ गरेको हो ।

यस्तै शनिबार नै गाउँपालिकाले वडा नं. ७ मा रहेका ९० वर्ष कटेका ज्येष्ठ नागरिकलाई न्यानो कपडा र हर्लिक्स वितरण गरेको छ । गाउँपालिका अध्यक्ष गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, उपाध्यक्ष कृतिकुमार श्रेष्ठलगायत जनप्रतिनिधिहरुको रोहबरमा १४ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा र हर्लिक्स वितरण गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>