देश/प्रदेश
भारतीय नक्साविरुद्ध माइतीघरमा विप्लव समूहको प्रदर्शन, चारजना पक्राउ
०

काठमाडौँ कात्तिक २४-
भारतले गत साता सार्वजनिक गरेको नक्सामा नेपाली भूमि समेटिएको विरोधमा प्रतिवन्धित नेकपा निकट विद्यार्थीहरुले माइतीघरमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा चारजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको नाम खुलाइएको छैन । नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारी भारतको पछिल्लो कदमका विरुद्ध माइतीघरमा प्रदर्शन गरेको हो ।
कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























