चितवन विशेष

चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला , मैदान बनाउने काम सुरु

Banner

चितवन कात्तिक २४-

धुर्मुस- सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गरिरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मैदानको काम सुरु भएको छ।

रंगशालाको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भएपछि सोहीअनुसार पहिलो चरणमा मैदानको काम सुरु भएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसले जानकारी दिए ।

रंगशालामा अहिले मैदानको ड्रेनएजको काम भैरहेको छ । मैदान ‘लो ल्याण्ड’मा रहेकोले ३.५ फिट माटो भर्ने कामलाई पनि सँगसँगै अघि बढाइएको अध्यक्ष कट्टेलले बताए ।

‘अहिले ड्रेनऐजबाट निस्किएको माटो र स्टक ग्राभेलको प्रयोग गरेर मैदान फिलिङको काम गरिरहेका छौं,’ अध्यक्ष कट्टेलले भन, ‘दैनिक ७ वटा मेशिन चलाएर काम गरिरहेका छौं, हिउँद लागेकोले काम गर्न पनि सजिलो हुन थालेको छ, काम युद्धस्तरमा अघि बढेको छ ।’

डीपीआर अनुसार मैदानको लेआउटको काम सुरु भएको छ । सोहीअनुसार मैदान बनाउन थालिएको अध्यक्ष कट्टेलले बताए ।

मैदानको पिचबाट रेडियस ७५ मिटर कायम गरिएको छ । क्यूरेटर कोमलबहादुर पाण्डेले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको मैदानका लागि आवश्यक रेडियस सेन्टरबाट ७५ मिटर कायम गरेर लेआउट गरी ड्रेनको काम थालिएको बताए ।

यसअघि यसलाई ७० मिटर राख्ने योजना थियो । मैदानमा पाँच वटा पिच निर्माण गर्ने योजना छ । मूल पिचको दायाँबायाँ थप दुई(दुई वटा पिच निर्माण गरिने छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको मापदण्डअनुसारको मैदान र पिच निर्माण गरिनेछ । पिचको स्टाण्र्डड साइज १० फिट चौडाई र ६६ फिट लम्वाईलाई मानिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>