देश/प्रदेश

शाकाहारी सम्मेलन कात्तिक २९ देखि

Banner

काठमाडौँ कात्तिक २४-

बाबा जय गुरुदेव धर्मविकास संस्थाको आयोजनामा कात्तिक २९ र ३० गते काठमाडौंको टुँडिखेलमा अन्तर्राष्ट्रिय नशामुक्त शाकाहारी सम्मेलन हुने भएको छ ।

शनिबार यहाँ आयोजित साक्षात्कारमा सम्मेलनका व्यवस्थापक एवम संरक्षक नन्दकुमार चौधरीले ऋषिमुनिको देश नेपालमा सो सम्मेलन गर्न लागेको जानकारी दिँदै दुई दिनसम्म चल्ने दोस्रो अन्तर्राट्रिय नशामुक्त शाकाहारी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको बताए ।

सम्मेलनमा शिक्षक, कर्मचारी, राजनीतिककर्मी, किसान, मजदूर र समाजसेवीहरूको उपस्थितिका लागि उनले आग्रह गरे । चौधरीले विश्वका विभिन्न ३२ राष्ट्रबाट भक्तजन तथा शान्तिप्रेमी नागरिकको सहभागिता रहने बताउनुभयो । उद्घाटनकै दिन दिउँसो २ बजे सत्सङ्ग शुरु हुनेछ ।

कार्यक्रमका संयोजक शालिकराम पराजुलीका अनुसार उक्त समागममा ६० हजारभन्दा बढी भक्तजनहरुको सहभागिता रहनेछ । सहभागी सबै भक्तजनलाई खाना, बस्न र एक्युप्रेसर शिविर पनि निःशुल्क आयोजना गरिनेछ । पत्रकार सम्मेलनमा संस्थाका केन्द्रीय अध्यक्ष कन्हैयालाल गुप्ता, नेपालका प्रचारक राजेश सोनी, सल्लाहकार श्यामसुन्दर पन्तले सम्मेलनबारेमा प्रकाश पारेका थिए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>