देश/प्रदेश

लिपुलेक अतिक्रमणबारे बालुवाटारमा प्रधानमन्त्रीको सर्वपक्षीय छलफल सुरु

Banner

काठमाडौं, कात्तिक २३-

लिपुलेक अतिक्रमणबारे धारणा बनाउन प्रधानमन्त्री केपीशर्मा ओलीले बोलाएको सर्वपक्षीय छलफल सुरु भएको छ ।
छलफलमा भाग लिन शीर्ष नेताहरू बालुवाटार पुगेका छन्।

भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालका भूमी लिपुलेक, कालापानीलगायत समावेश भएपछि चर्को विवाद हुँदै आएको छ। भारतले भूमि अतिक्रमण गरेकोबारे छलफल गरी राष्ट्रिय धारणा बनाउन प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत दलहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू, सीमाविदहरूलगायतलाई बैठकमा बोलाएका हुन्।

बालुवाटारमा केहीबेरमा सुरू हुने बैठकमा भाग लिन कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राप्रपा अध्यक्ष कमल थापालगायत बालुवाटार पुगिसकेका छन्। सरकारले यसअघि नै भारतले जारी गरेको राजनीतिक नक्सा अस्वीकार्य रहेको बताएको छ भने भारतीय पक्षले भने आफूहरूले नेपालको भूमि नक्सामा नपारेको दाबी गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>