कर्णाली

चितवनका खनाललाई जेसीस अध्यक्ष बनाउन सुदुरपश्चिममा प्रचारप्रसार

Banner

टिकापुर, कैलाली, कात्तिक २३

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा उम्मेदवारी दिएर प्रचार प्रसारमा जुटेका चितवनका युवा अरुणेश्वर खनालले अहिले सुदुरपश्चिम प्रदेशमा प्रचारप्रसार कार्यक्रम जारी राखेका छन् ।

खनालले सुदुर पश्चिममा रहेका विभिन्न शाखाहरुमा पुगेर आफ्नो उम्मेदवारी प्रवद्र्धन गर्दै आफूलाई सघाउन आग्रह गरे । शुक्रबार साँझ कैलालीको लम्कीमा आयोजित कार्यक्रममा खनालले जेसीज मुलत तालिम प्रदान गर्ने संस्था भएकाले आफू व्यवहारिक तालिमको पक्षमा रहेको बताए । लम्की जेसीज र लम्की महिला जेसीजका पधधिकारी र सदस्यसँगको भेटमा जेसीजले विधिको शासन र लोकतान्त्रिक पद्धतिको कार्यन्वयन्का लागि निरन्तर खबरदारी गर्ने बताए । मानव सेवाको लागि युवाहरुलाई प्रेरित गर्दै उनीहरुमा सकारात्मक सोचको विकास गर्ने आफ्नो लक्ष्य रहेको खनालले बताए ।

लम्की जेसीजका अध्यक्ष मोहन ढुंगाना, लम्की महिला जेसीजका अध्यक्ष इशारा थापालगायत दुवै शाखाका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको सो कार्यक्रममा सहभागीहरुले खनाललाई शुभकामना व्यक्त गर्दै सफलताको शुभकामना दिएका थिए । यसैगरी खनालले शनिबार बिहान कैलालीको टिकापुरमा रहेको टिकापुर जेसीजमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै समाज रुपान्तरणका लागि युवाहरुको भूमिका महत्वपूर्ण रहेको बताए । उनले देशभर जेसीजवादको सकारात्मक विकास गर्न आफ्नो उम्मेदवारी रहेको बताए ।

टिकापुर जेसीजका अध्यक्ष गणेशबहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्षहरु र शाखाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । यसैगरी आज नै खनालले कैलालीकै नारायणपुर जेसीजका पधाधिकारीसँग पनि छलफल गरे । सो क्रममा नारायणपुर जेसीजका अध्यक्ष धनञ्जय ढुङाना , टिकापुर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष बलिराम चौधरीलगायतले खनाललाई शुभकामना दिएका थिए । अभियानका क्रममा बीसहजार जेसीजका अध्यक्ष सन्तोष मजाकोटी, पूर्वअध्यक्ष रमेश वस्ताकोटी, महासचिव रेशमराज शर्मालगायतले खनाललाई साथ दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>