देश/प्रदेश

भारतको नयाँ नक्साप्रति विरोध : नम्बर प्लेटमा लेखियो ‘लिपुलेक हाम्रो हो’

Banner

कैलाली कात्तिक २२

भारतले यही साता जारी गरेको नयाँ राजनीतिक नक्शामा नेपाली भू-भाग समावेश गरेपछि सुदूरपश्चिमका युवाले नयाँ शैलीले विरोध प्रदर्शन गरेका छन्।

मोटरसाइकलको नम्बर प्लेटमा ‘लिपुलेक, कालापानी हाम्रो भूमि हो’ लेखेर विरोध जनाएका हुन्।यस्ता नारा लेखिएका मोटरसाइकल लिएर सुदूरपश्चिमका युवा कैलालीको धनगढी, अत्तरियालगायत क्षेत्रमा निस्किएका छन्।लिपुलेक, कालापनीलगायतको नेपाली भूमिमा भारतले वर्षौंदेखि कब्जा जमाएको छ।

यही साता जारी गरेको राजनीतिक नक्शमा यी भूमि भारतमै पारिएको छ।

राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाज तथा सीमा विज्ञहरूले कूटनीतिक पहल थाल्न सरकारको ध्यानाकर्षण गराइरहेका छन्।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति सार्वजनिक गरेर कालापानी नेपालको भूमि भएको जनाएको छ भने भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले उक्त क्षेत्र विवादित भूमि भएको बताएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>